प्रमुख समाचार

सिराहामा कार्यकर्ता भेला

सिराहा। नयाँ संविधान निर्माणको निम्ति मस्यौदा सार्वजनिक भएको सन्दर्भमा नेपाल मजदुर किसान पार्टी सिराहा जिल्ला समितिको आयोजनामा सिराहाको ठाँडीमा जिल्लास्तरीय कार्यकर्ता भेला मङ्गलबार भयो।
    भेलामा नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले वर्गीय समाज रहुञ्जेल, शोषण रहने र शोषण रहुञ्जेल वर्गसङ्घर्ष रहने तथ्य प्रस्ट्याउँदै पूँजीवादी राज्य व्यवस्थाले बहुमत कामदार वर्गका जनताको हित गर्न नसक्ने बताउनुभयो।
    ठूला दलका नेताहरु भारतीय शासक वर्ग र राजदूतावासबाट निर्देशित भएको बताउँदै देश सञ्चालकहरुको बुद्धि बिग्रेपछि देशै बिग्रने र जनताले दुःख पाउने बताउनुभयो। सङ्घीय राज्य वा प्रदेशहरुमा हिमाल, पहाड र तराई समावेश हुनुपर्ने बताउँदै उहाँले त्यसो हुन नसके सबै राज्य वा प्रदेशको सन्तुलित विकास हुनसक्दैन भन्नुभयो।
    विगत २०–२५ वर्षको अनुभवले नेपालमा संसदीय व्यवस्थाले स्थिर सरकार दिन नसकेकोले स्थिर सरकार र विकासका लागि राष्ट्रपतीय शासन प्रणाली आवश्यक भएकोमा केन्द्रीय सचिव प्रजापतिले जोड दिनुभयो।
    भेलामा नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सरोज साहले जातीय, भाषिक र क्षेत्रीय राज्यले साम्प्रदायिक द्वन्द्व निम्तिन सक्ने बताउँदै सङ्घीय राज्यहरुलाई आत्मनिर्णय र जनमतसङ्ग्रहको अधिकार दिन हुँदैन भन्नुभयो।
    नेमकिपा सिराहाका संयोजक विजय महतोको सभापतित्वमा सम्पन्न भेलामा हरिनारायण महत्तो, रामआशिष महत्तो, श्रीया पासवान, रामचन्द्र साह, रामप्रकाश यादव र दुर्गानन्द साहलगायतले बोल्नुभएको थियो।
 
 
 
 
 
 

कमिसनले सरकारी संस्थान ध्वस्त
कृषिको उत्पादन बढाउन जमिन जोत्नेलाई वितरण आवश्यक
नीति तथा कार्यक्रमको विपक्षमा नेमकिपाको मत
पूँजीवादी संविधानले बहुमत कामदार जनताको हित नहुने
स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने
पहिलो मस्यौदामा नेमकिपाको असहमति
सरकारको नीति तथा कार्यक्रम पुरानै गीतको थोत्रो रेकर्डमात्र
सरकारको नीति र बजेट परस्परविरोधी
सरकारको नीति र बजेट परस्परविरोधी



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी