प्रमुख समाचार

शासक दलहरूले जनअधिकार हनन गरे

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चार शासक दलले जनताको प्रजातान्त्रिक अधिकारहरू हनन् गरेको बताउनुभएको छ। 
    बिहीबार बिहान रेडियो नेपालद्वारा प्रत्यक्ष प्रसारित कुराकानीमा बोल्दै अध्यक्ष रोहितले स्थानीय निकायको अरबौं रकम अवमूल्यन भएको र यसले देशलाई अत्यन्त ठूलो आर्थिक क्षति भएको उल्लेख गर्नुभयो। 
    उहाँले राजनीतिक दलका कार्यकर्ताहरूले विनायोजना र लगत इस्टिमेट बलको आधारमा करोडौं रकम बाँडिएको उल्लेख गर्दै ती रकमको कुनै बिल, भौचर र भर्पाइ नभएको बताउनुभयो। 
    राजनीतिक कार्यकर्ताहरूको एउटा पुस्ता नै आर्थिक अराजकतामा धकेलिनु गम्भीर विषय भएको भन्दै अध्यक्ष रोहितले देशको विकासमा ५० वर्ष पछि परेको छ, यसमा शासक दल नै जिम्मेवार छन् भन्नुभयो। स्थानीय निकायको पुनःस्थापना वा नयाँ निर्वाचन गर्न असहमति गर्ने नै वर्तमान विकृतिको निम्ति जिम्मेवार भएको उहाँको भनाइ थियो। 
    त्यस्तै बिहीबारै चितवनबाट प्रसारण हुने सिनर्जी एफएममा बोल्दै अध्यक्ष रोहितले सम्पत्तिमा सिमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाइने व्यवस्था, जमिन जोत्नेलाई वितरण गर्ने व्यवस्था नयाँ संविधानमा हुनुपर्ने धारणा राख्नुभयो।
    नेमकिपाले मस्यौदा संविधानमा संशोधन पेश गरेको उल्लेख गर्दै उहाँले उच्च शिक्षासम्म निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनुपर्ने विचार राख्नुभयो। 
    महिलालाई सुत्केरी अगाडि एक महिना र पछाडि दुई महिना तलबसहितको बिदाको बन्दोबस्त, प्रत्येक गाविस र नपाका वडामा शिशुस्याहार केन्द्र र बालोद्यानको व्यवस्था हुनुपर्ने भन्दै अध्यक्ष रोहितले ज्येष्ठ नागरिकलाई आदर निकेतनको व्यवस्था हुनुपर्ने संशोधनमा राखिएको बताउनुभयो। नेमकिपाले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्न आवाज उठाउँदै आएको प्रस्ट पार्नुभयो।
 
 
 
 

मस्यौदा संविधानमा समाजवाद र समाजवादउन्मुख शब्दहरू देखावटीमात्र
अध्यादेशकै भरमा देश चलाउनु प्रजातन्त्रविपरीत
क्युवाली चिकित्सक टोलीलाई बिदाइ
आत्मनिर्णय र जातीइ आधारमा सङ्घ राज्य बनाइए देश विखण्डन हुने
सबै कुरामा सबै दलको सहमति नहुने
अनुगमन, मूल्याङ्कन र भ्रमण खर्चमा सकियो रू. २ अर्ब ३१ करोड
भारतसितको सीमाका हराएका पिलर फेला
संसद छली चार दलले गरेको निर्णय प्रजातन्त्रविपरीत
शासक दलहरूको अकर्मण्यताले जनतामा निराशा



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी