प्रमुख समाचार

शिक्षक दिवसमा शिक्षकहरू सम्मानित

भक्तपुर। सार्वजनिक मावि संयुक्त परीक्षा समितिको आयोजनामा ३५ औं शिक्षक दिवस तथा शिक्षक सम्मान समारोह–२०७१ वागीश्वरी उमाविमा आइतबार सम्पन्न भएको छ। 

कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छे (रोहित) ले समारोहको उद्घाटन गर्दै भक्तपुर देशको सबभन्दा बढी एसएलसीमा उत्तीर्ण हुने जिल्लाको परिचय पाउनुमा शिक्षक शिक्षिकाको योगदान अतुलनीय रहेको बताउनुभयो। 

जो व्यक्तिले न्याय माग्दैन, त्यसले नपाउने भनेझैं सरकारमा बसेकाहरू सबै इमानदार नहुने हुँदा जायज मागको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 

शैक्षिक गुणस्तरको लागि अङ्ग्रेजी माध्यमबाट सुरू गर्नुअघि सबै शिक्षक शिक्षिकाहरूले अङ्ग्रेजी विषयमा तालिमको आवश्यकता रहेको उहाँले बताउनुभयो। 

विश्वव्यापीकरणको वर्तमान समयमा वैदेशिक सम्बन्ध विस्तार गर्न अङ्ग्रेजी भाषाको महत्त्व रहेको उहाँले बताउनुभयो। 

भक्तपुरका आधाभन्दा बढी विद्यालयहरू स्थानीय जनस्तरबाटै स्थापना गरिएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले शैक्षिक विकासमा सम्पूर्ण कुराहरू सरकारबाटै अपेक्षा नगर्न पनि उहाँले अनुरोध गर्नुभयो।  

सार्वजनिक मावि, संयुक्त परीक्षा समितिका सल्लाहकार बालमुकुन्द बासुकलाले तीसौं वर्षसम्म शिक्षा क्षेत्रमा अतुत योगदान पुर्‍याउने अस्थायी शिक्षक शिक्षिकाहरूलाई हटाउने सरकारको नीति शिक्षक हितविपरीत भएको बताउनुभयो।  

नेक्राशिक्षक सङ्घका भक्तपुर जिल्ला अध्यक्ष जगनाथ सुजखूले शिक्षामा १७ प्रतिशतबाट १४ प्रतिशतमा बजेट घटाउनु, विद्यालय मर्ज गर्ने नीति ल्याउनु, विद्यालय समुदायमा हस्तान्तरणले सामुदायिक विद्यालयलाई निजीकरण गर्न खोजेको स्पष्ट पार्नुभयो। 

युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था, शिक्षा र स्वास्थ्य मौलिक हकको रूपमा संविधानमा लेखाउन सके समस्या समाधान हुने उहाँले बताउनुभयो। 

संयुक्त परीक्षा समितिका अध्यक्ष पुष्पलाल सुजखूले नव वर्षको अवसरमा शैक्षिक कार्यतालिकाअन्तर्गत परीक्षामा गरिएको सुधार, विद्यार्थीकेन्द्रित अतिरिक्त क्रियाकलापमा गरिएको सुधारबारे जानकारी दिनुभयो। 

अभिनन्दित निवृत्त शिक्षक अशोककुमार शर्माले राम्रो काम गरे समाज र राज्यले सम्मान पाउने विचार व्यक्त गर्नुभयो। 

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेले संयुक्त परीक्षा समितिका सदस्य विद्यालयका निवृत्त भएका अशोककुमार शर्मा, कमल भुजु, शेरबहादुर ङाखुसी, विनोदराज वाग्ले र ऋषिराज वाग्लेहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने उत्कृष्ट डायरी पुरस्कार पनि सोही समारोहमा वितरण गर्नुभएको थियो। वागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षकद्वय राजन लाखा र दामोदार सुवालले पनि बोल्नुभएको थियो। 

 

 

 

 

 

 

 

सातौं सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न
कर्मचारीहरूले ट्रेड युनियनवादको विरोध गर्नुपर्ने
नेक्राशिसङ्घद्वारा बार्‍हबिसेमा शिक्षक दिवस
बर्दियामा नेक्राविसङ्घको दुईदिने प्रशिक्षण
'नयाँ पुस्ता देशभक्त र स्वाभिमानी भएर बाँच्ने हो'
ज्ञानबहादुर न्याइच्याईंको स्मृतिमा सङ्घर्षमा जोड
अनिश्चितकाल संविधानसभा स्थगित गलत
नेमकिपा काठमाडौंको जिल्ला भेला
संसदका विभिन्न समिति बैठकमा नेमकिपा सरकारका नेताहरू दार्शनिक भए देश राम्रोसँग चल्ने



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी