प्रमुख समाचार

शिक्षाको व्यापारीकरण संविधानविपरीत

काठमाडौं। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा शिक्षाका सरोकारवालाले शिक्षा राज्यकै दायित्व भएकोमा जोड दिए। 
    जिल्लाको उत्तरी क्षेत्र फुटुङस्थित महालक्ष्मी इङ्गलिस सेकेण्डरी स्कूलको २२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल प्राध्यापक समाजका केन्द्रीय संयोजक एवम् संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का पूर्वअध्यक्ष सरोजराज गोसाईले शिक्षामा भइरहेको निजीकरण एवम् व्यापारीकरण देशको संविधानविपरीत छ भन्नुभयो। उहाँले शिक्षाको दायित्व राज्यले बहन गरी निःशुल्क गर्नुपर्ने धारणा राख्नुभयो। 
    संयोजक गोसाईले देश र समाजप्रति जिम्मेवार नागरिक तयार हुनु नै गुणस्तरीय शिक्षाको नापो हुने बताउँदै व्यावसायिक शिक्षाले देशको प्रगतिको आधार तयार पार्ने बताउनुभयो।
    इसानका केन्द्रीय सदस्य एवम् विद्यालयका संस्थापक अध्यक्ष सनकमान महर्जनले सरकार शिक्षाको दायित्वबाट पन्छिन खोजेको उल्लेख गर्दै सरकारले शिक्षाको जिम्मा नलिएसम्म निजी तथा संस्थागत विद्यालयले जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षाको जिम्मा पूरा गर्नुपर्ने धारणा राख्नुभयो। 
    कार्यक्रममा डा. कान्छी महर्जनले सर्वसाधारण जनताका छोराछोरी गुणस्तरीय शिक्षाको पहुँचमा नभएको चर्चा गर्दै अभिभावक सचेत नभई शिक्षाको गुणस्तर नबढ्ने बताउनुभयो। 
    कार्यक्रममा विद्यालय व्यवस्थापन सदस्य भक्तिनारायण महर्जन, विद्यालयका पूर्व विद्यार्थी डा. सुमन अधिकारी, अभिभावक लालबहादुर लामा, सीताराम थापामगर, प्रिन्सिपल मनोहरराज गोर्खाली, शिक्षिका भवानी आलेलगायतले बोल्नुभएको थियो। 
    कार्यक्रममा हास्यकलाकार जितु नेपाल, गायिका माण्डवी त्रिपाठी र गायक कृष्ण काफ्लेले आफ्ना प्रस्तुति राख्नुभएको थियो। कार्यक्रमको बीचबीचमा विद्यार्थीका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। 
    कार्यक्रममा प्रमुख अतिथि गोसाईले विद्यालयबाट वार्षिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो। 
 
 
 
 

नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
का. रोहितसँग अध्यक्ष गुरुङको भेट
क्रान्तिकारी महिला सङ्घ बाँकेको तेस्रो जिल्ला सम्मेलन सम्पन्न
'नेपालको सार्वभौमिकता खतरामा छ'
द्वेषको बीउ रोपेर नेपाललाई कमजोर पार्ने षड्यन्त्र
महिला हिंसाका जघन्य अपराधमा मृत्युदण्ड व्यवस्था माग
आपराधिक मानसिकता राजनीतिक व्यवस्थाकै उपज
नेपालका नदीनालाहरू भारतीय कब्जामा
जनताले गणतन्त्र महसुस गर्न पाउनुपर्ने



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी