प्रमुख समाचार

माथिल्लो कर्णालीको छलफलबारे भ्रामक समाचारप्रति खण्डन

दैलेख। नेपाल मजदुर किसान पार्टी, नेकपा–माओवादी र राष्ट्रिय जनमोर्चाले शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरी माथिल्लो कर्णाली परियोजनाको विरोध गरेका छन्। विज्ञप्तिमा नेपालको अन्तरिम संविधान २०६३ को धारा १५६ तथा स्थानीय जनताको अग्राधिकार विपरीत माथिल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी जीएमआरसित नेपाल र नेपाली जनता ठगिने गरी गरिएको निर्यातमुखी देशघाती पीडीए सम्झौताको विरुद्धमा देशभक्त जनसमुदाय, स्थानीयवासी तथा हामी आन्दोलनरत राजनीतिक पार्टीहरु सदैव सङ्घर्षरत रहेको जनाएको छ। 
    विज्ञप्तिमा पीडिए सम्झौताविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको वर्तमान समयमा २०७१/११/१२ गते दैलेख सदरमुकाममा र २०७१/११/१४ गते सात्तला गाविसको डावमा सशस्त्र प्रहरी बलको घेराभित्र नेपाल सरकार लगानी बोर्डद्वारा आयोजना गरिएको परियोजना विकास सम्झौताको विशेषता र जिम्मेवारी (पीडीए) विषयक छलफल कार्यक्रममा राजनीतिक दलहरुले सहभागी भई आफ्ना धारणाहरु सशक्त रुपमा राखेको उल्लेख छ। 
    दैलेख सदरमुकाममा भएको कार्यक्रममा पनि राजनीतिक दलहरुले परियोजनाको विरोध गरेको भन्दै विज्ञप्तिमा फागुन १४ गते डावमा गर्न खोजिएको छलफल कार्यक्रममा सरोकारवालाहरुलाई जानकारी नै नदिई लुकीछिपी शैलीमा कडा सुरक्षा घेराभित्र कार्यक्रम गर्न खोज्दासमेत विरोध गरेको उल्लेख छ। विज्ञप्तिमा कार्यक्रममा आफ्नो  विचारहरु राख्न नदिने कुचेष्टा गर्नुका साथै साङ्घातिक हमला गर्ने प्रयास गरेको र सशक्त प्रतिकार गरेका घट्नालाई लिएर इमेज टेलिभिजनले पुरानो भिडियो टेप प्रसारण गरी 'आन्दोलनकारी राजनीतिक दललाई स्थानीयवासीहरुले लेखेटेको' भन्ने तथ्यहिन सामाचार प्रसारण गरेकोमा विरोध गरिएको छ। 
    शुक्रबारको नागरिक दैनिकमा प्रकाशित 'माथिल्लो कर्णाली ड्याम साइडमा तनाव' शीर्षकको समाचारमा 'आन्दोलनकारीलाई तितरवितर बनाएपछि स्थानीयवासीहरुले आयोजकसित आफ्ना माग राखेका थिए' भन्ने समाचार पनि तथ्यहीन र भ्रामक भएको उल्लेख छ। 
    विज्ञप्तिमा भनेको छ, 'नेपाल र नेपाली जनताको हितविपरित पीडिए भएको संसारकै सस्तो भनिएको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तत्काल खारेज गरी पूर्ण स्वदेशी लगानीमा निर्माण गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं। अन्यथा हाम्रो आन्दोलन जारी रहेने कुराको जानकारी गराउँदै गल्ती गर्नेहरु नसच्चिए यसबाट उत्पन्न हुने परिणामको जिम्म्ाा भ्रामक, कपोकल्पित, तथ्यहीन समाचार प्रकाशन, प्रसारण गर्ने मिडियाहरु र नेपाल सरकारले नै लिनुपर्छ।'
    विज्ञप्तिमा नेमकिपाको तर्फबाट सचिवालय सदस्य निरकबहादुर शाही, नेकपा–माओवादीको तर्फबाट अध्यक्ष दिपक शाही र राष्ट्रिय जनमोर्चाको तर्फबाट सचिव कविराज खत्रीले हस्ताक्षर गर्नुभएको थियो।
    यसअघि लगानी बोर्डले आयोजना गरेको 'माथिल्लो कर्णाली परियोजनाबारे आयोजना विकास सम्झौता पीडीए: विशेषता र जिम्मेवारी' विषयमा छलफल कार्यक्रम फागुन १२ गते दैलेख सदरमुकाममा भयो। 
    कार्यक्रममा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य नीरकबहादुर शाहीले माथिल्लो कर्णाली सम्झौता सम्पन्न भएमा नेपाल झिलिमिलि हुने भन्ने प्रचारबाजी सरासर झूट हो भन्नुभयो। उहाँले नेपाल सरकार र नेपाली जनता मिलेर आयोजना बनाउनुपर्नेमा विदेशीलाई सुम्पिनु गलत भएको तर्क गर्नुभयो। 
    नेक्राविसङ्घका केन्द्रीय सदस्य कुमारविक्रम शाहीले ४१९० मेगावाट बिजुली निकाल्न सकिने माथिल्लो कर्णालीबाट ९०० मेगावाट बिजुली निकालेर घाटा पुर्‍याउने काम भएको छ भन्नुभयो। 
    राजमो नेकपा― माओवादी र स्थानीय जनताले माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाली जनताले नै बनाउनुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रमको सभापतित्व दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले गर्नुभएको थियो।
 
 
 
 
 
 
 
 

अपराधी पक्रन प्रमलाई आठ विद्यार्थी सङ्गठनको ज्ञापन
संविधान निर्माण गर्न विदेशी चलखेल र हस्तक्षेप रोक्नुपर्छ: बिजुक्छें
नेका, एमाले र एमाओवादीलाई नेमकिपाको ध्यानाकर्षण
साहित्यमार्फत पूँजीवादी व्यवस्थालाई उदाङ्ग्याउनुपर्ने
२०४६ को जनआन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
शिक्षामा विदेशी हस्तक्षेप बढ्दै
प्रजातन्त्र आर्थिक समानताको लागि हुनुपर्र्ने
नेक्राविसङ्घको ११ औं राष्ट्रिय सम्मेलन सम्पन्न: अध्यक्षमा लवजू चयन
नेक्राविसङ्घको ११ औं राष्ट्रिय सम्मेलन सम्पन्न: अध्यक्षमा लवजू चयन



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी