प्रमुख समाचार

मजदुर आन्दोलन समाजवादी क्रान्तिका लागि हुनुपर्छ

चितवन। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले मजदुर आन्दोलन देशमा समाजवादी क्रान्तिका लागि हुनुपर्छ भन्दै परिवर्तनका लागि नलड्ने मजदुर सङ्घ नाममात्रको मजदुर सङ्घ हुने बताउनुभएको छ।
    नेपाल क्रान्तिकारी मजदुर सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन तयारी समितिले चितवनमा आयोजना गरेको राष्ट्रिय भेलामा मार्ग निर्देशन गर्दै उहाँले मजदुर सङ्घमा रहेका साथीहरूले विश्व मजदुर आन्दोलनबाट शिक्षा लिंदै नेपालका मजदुरलाई सचेत र सङ्गठित पार्नुपर्दछ भन्नुभयो।
    उहाँले ट्रेड युनियनवाद जनतालाई झुल्याउन अल्पकालीन फाइदालाई प्राथमिकता दिई दीर्घकालिन हितलाई त्याग्ने मजदुर आन्दोलनभित्रको संशोधनवादी र अवसरवादी विचार हो भन्नुभयो। 
    नेका, एमाले र एमाओवादीलगायत शासक दल सम्बद्ध मजदुर सङ्घहरू मजदुर आन्दोलनबारे जानकार नभएको र ट्रेड युनियनवादमा फसेकोले सत्तामा पुग्दा पनि मजदुर वर्गको हितमा काम गर्न नसकेको हो उहाँले भन्नुभयो।
    नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजकृष्ण गोरा, कोषाध्यक्ष पशुपति प्रजापति, सहसचिव उपेन्द्र सुवाल, सदस्यहरू वृष सार्की, मोहन चेपाङ, रत्नबहादुर शाही, ज्ञानेन्द्र महर्जन, यमलाल चौधरीलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो।
    भेलाले नेपाल क्रान्तिकारी मजदुर सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन अन्तर्राष्ट्रिय मजदुर दिवस मई १ का दिन भक्तपुरमा गर्ने निर्णय गरेको छ।
 
 
 
 
 
 

शासक दलहरू देश र जनताप्रति जिम्मेवार छैनन्
संविधानबारे अध्यक्ष बिजुक्छेको ध्यानाकर्षणपत्र
नेक्रायुसङ्घको दोस्रो केन्द्रीय परिषद् सम्पन्न
मोरङमा नेमकिपाको कार्यकर्ता भेला
भारतले भनेजस्तो नभए संविधान आउन गार्‍हो
देशभक्त नागरिक तयार गर्नमा शिक्षकहरूको अहम् भूमिका
गुठी जग्गा रैतानी गर्न पाउनुपर्ने
शासक दलहरू सहिदको रगतमा होली खेल्दै
इञ्जिनियर समाजद्वारा नेमकिपा स्थापना दिवस



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी