समय सन्दर्भ

नेपाल क्रान्तिकारी किसान सङ्घको अपिल

काष्ठमण्डप ट्रेड प्वाइन्ट काठमाडौंमार्फत् बिक्री भएको डीवाई–६९ जातको धानको बीउ म्याद नाघेको हुँदा भक्तपुर र काभ्रे जिल्लाका किसानहरूको हजारौं रोपनीमा लगाइएको करोडौं रूपैयाको धानबाली नोक्सान भयो। जुम्लामा पनि यस वर्ष हजारौं किसानहरूको धानबाली नेकब्लास्ट र असिनाबाट क्षति भयो। नेपाल क्रान्तिकारी किसान सङ्घले पीडित किसानहरूलाई प्रतिरोपनी १२ मुरी धानबाली क्षतिपूर्ति दिनुपर्ने माग राखी २०७० असोज १ गते कृषि विकासमन्त्री टेकबहादुर थापाघर्तीसमक्ष निवेदन पेश गरेको र बोधार्थ मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षज्यूको कार्यालयमा दर्ता गरेको हो। सोही दिन कृषिमन्त्री थापाघर्तीको उपस्थितिमा धानबाली बिग्रेको छानबिन गरी १५ दिनभित्र क्षतिपूर्तिसमेतको सिफारिस गर्न बीउबिजन नियन्त्रण केन्द्रका प्रमुख डिल्लाराम भण्डारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भयो। छानबिन समितिले भक्तपुर र काभ्रेका पीडित किसानहरूको नस्ट भएको धानबाली निरीक्षणसमेत गर्‍यो। यो सङ्घले असोज १५ गते कृषि विकासमन्त्री थापाघर्तीसँग दोस्रोपटक भेटी पीडित किसानहरूलाई प्रतिरोपनी १२ मुरी धानबाली क्षतिपूर्ति नभए किसानहरू भोकभोकै मर्नेतर्फ सरकारको ध्यनाकर्षण गरायो। उक्त दिन कृषि विकासमन्त्री थापाघर्तीले यस सङ्घका प्रतिनिधिहरूसँग, छानबिन समितिका सदस्यहरूसँग छलफल गरी पीडित किसानहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने वचन दिनुभएको थियो। असोज २२ गते बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको कार्यालय ललितपुरमा छानबिन समितिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू र यो सङ्घका प्रतिनिधिहरू सहभागी भएको छलफलमा काष्ठमण्डप टे्रड प्वाइन्ट काठमाडौंका प्रबन्धक मधुसुदन प्रधानले सो धानको बीउ दुई वर्ष अगाडि नै चीनबाट ल्याई बालाजु कोल्डस्टोरमा राखेको स्वीकार गरेका थिए। सो धानको बीउको म्याद नाघेको हुँदा अघिल्ला दुई वर्षमा भक्तपुरमा राम्रोसँग फलेको धान यसवर्ष पूर्ण नष्ट भएको पुष्टि हुन्छ।  

बीउबिजन नियन्त्रण केन्द्रका प्रमुख भण्डारीले २०७० असोज ८ गतेको कान्तिपुर दैनिकमा धानबालीमा रोग देखिनुमा आयातकर्ताकै कमजोरी भएको बताएका थिए। सो पत्रिकामा काष्ठमण्डपले भक्तपुरका दुईवटा एग्रोभेटमार्फत् ७ टन चिनियाँ डीवाई–६९ जातको धानको बीउ बिक्री गरेको छापियो। मिति २०७० कार्तिक २२ गतेको गोरखापत्र दैनिकमा सरकारको अनुसन्धानअनुसार भक्तपुर जिल्लाभरिका एक हजार कृषकको ७२४ हेक्टर जमिनमा लगाइएको डीवाई–६९ जातको धानको बीउ बिग्रेको हुँदा करिब १७ करोड रुपैयाँ क्षतिपूर्ति आवश्यक भएको प्रकाशित भयो। मिति २०७० मंसिर २१ ग्ातेको कान्तिपुर दैनिकमा भक्तपुर र काभ्रेमा गरिएको एक महिना लामो अध्ययनअनुसार भक्तपुरमा १४ करोड ४४ लाख रूपैयाँ बराबरको धानबाल्ाी नष्ट भएको र काभ्रे जिल्लामा ९ करोड ६९ लाख १६ हजार रूपैयाँ बराबरको धानबाली नष्ट भएको समाचार प्रकाशित भयो। तर सोही पत्रिकामा कृषि विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिको सुझावअनुसार धानको बीउ र मल किनेको बिल लिएर आएका किसानलाई सो बिलको २५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय गरी अर्थ मन्त्रालयमा २ करोड १७ लाख रकम मागेको मन्त्रालयका सहसचिव विजयकुमार मल्लिकको भनाइ प्रकाशित भयो। म्याद नाघेको धानको बीउको कारण धानबाली नस्ट भएका किसानहरूले धानको बीउ किनेको बिल, रासायनिक मल किनेको बिल र साना सिंचाइको कूल लागतको २५ प्रतिशतको लागि सरकारसँग आग्रह गरेका होइनन्। सम्पूर्ण परिवारजन र केटाकेटी नै भोकभाकै मर्ने भएकोले प्रतिरोपनी १२ मुरी धानबाली क्षतिपूर्ति पाउनुपर्ने अधिकार खोजेका हुन्। बीउ र मल किनेको बिलको २५ प्रतिशत राहत उपलब्ध गराउने  सरकारको निर्णय पूर्णतः किसानविरोधी छ। यो निर्णयलाई खारेज गरी प्रतिरोपनी १२ मुरी धानबाली क्षतिपूर्तिको व्यवस्था गर्न सम्पूर्ण पीडित किसानहरूको तर्फबाट यो सङ्घ पुनः जोडदार माग गर्दछ। साथै चार महिनासम्म छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको सुशासन र पारदर्शिताको उल्लङ्घन हो।  

म्याद नाघेको धानको बीउ बिक्री भई धानबाली नष्ट भएकोमा सरकार  पूर्णतः दोषी छ। यसकारण सरकारका सम्बन्धित दोषी कर्मचारीहरूलाई सेवाबाट वर्खास्त गरी जेल सजाय दिनु आवश्यक छ र उनीहरूबाट क्षतिपूर्ति भराई नपुग रकम सरकारले व्यहोर्ने व्यवस्था हुनुपर्दछ। काष्ठमण्डप टे्रड प्वाइन्टले म्याद नाघेको बीउ बिक्री गरेको हुँदा सो संस्थाका जिम्मेवार बिक्रेतालाई जेलमा थुन्नु आवश्यक छ र उनको घरघरानाबाट पीडित किसानहरूलाई क्षतिपूर्ति भराउनुपर्दछ। किसानहरूको यो आवाजलाई दबाउने कोशिश भएमा आन्दोलन झन् सशक्त ढङ्गले उठ्ने व्यहोरा सम्बन्धित सबैमा अवगत गराउँद छौं। धानबाली क्षतिको प्रतिरोपनी १२ मुरी धानबाली क्षतिपूर्ति प्राप्त गर्ने सर्ङ्घषमा सम्पूर्ण किसानहरू सहभागी भइदिनुहुन हार्दिक अपिल गर्दछौं। सूर्यमढीबाट सुरू भई जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा धर्ना हुने कार्यक्रममा सम्पूर्ण किसान दाजुभाइ र दिदी बहिनीहरूको उपस्थितिको लागि हार्दिक आग्रह गर्दछौं। 

नाराहरू 

धानबाली पीडित किसानलाई – प्ा्रतिरोपनी १२ मुरी धान क्षतिपूर्ति देऊ। 

म्याद नाघेको बीउ बिक्रेतालाई – जेल सजाय गर। 

धानबाली सुक्यो –जनता भोकै मर्ने भो। 

दोषी कर्मचारीलाई – बर्खास्त गर। 

किसानविरोधी सरकार– होशियार। 

नेपाल क्रान्तिकारी किसान सङ्घ – जिन्दावाद। 

नेपाल मजदुर किसान पार्टी – जिन्दावाद। 

मितिः २०७०।०९।२२                                  नेपाल क्रान्तिकारी किसान सङ्घ    

समानुपातिक प्रतिनिधित्वमाथि गम्भीर प्रश्न
जिल्ला– जिल्लामा माओ जयन्ती
जे.भी.स्टालिनको छोटो जीवन परिचय
जनचासो सत्ता होइन संविधान
पार्टी र नेताहरूसँग लै !
देश नै खतरामा पर्ला?
समीक्षा: निर्वाचनहरूको
प्रश्न स्वतन्त्रता र स्वाधीनताको
यो मूर्खता होला कि बुद्धिमानी?



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी