सम्पादकीय

एक दिनको झिलिमिली?

असार १५ को दिन जिल्ला जिल्ला र ठाउँ–ठाउँमा रोपाइँको झिलिमिली देखियो। कृषि मन्त्रालय सक्रिय रह्यो –जीउँदो छ भनी देखाउन। त के यसरी दिवस मनाउँदैमा कृषि उत्पादन बढ्छ? वा अर्थतन्त्रको र्‍हासोन्मुख स्थितिमा सुधार आउला? कृषि मन्त्रालयले के कृषि विकासको निम्ति जिल्ला, अञ्चल र गाउँमा गएर किसानहरूसँग छलफल गरेको छ? वर्षको दुईपल्ट खेतीको बेला मल आयात र कमिसनबारे भित्रभित्र कुराकानी मिलाएपछि कृषि मन्त्रालयको कर्तव्य पूरा हुन्छ? 
    केही जिल्लाहरूमा नहरको कमीले ठूलो इलाकामा रोपाइँँ भएको छैन। कत्ति जिल्लामा ज्यामीको कमीले रोपाइँ हुन पाएको छैन। कत्ति ठाउँमा भारतले एकतर्फी बनाएको बाँधले गर्दा डुबानमा परेका छन्।
    असार १४ को कान्तिपुरले लेख्यो –'उद्योगमा अवैध भारतीय मल रहेको पुष्टि' सिंहदरबार यसको दोषी हो। 
'महानर्कपालिका?'
    एउटा व्यङ्गचित्र छापियो – 'काठमाडौं महानर्कपालिका !' किन? राजधानीको सडकमा कार र मोटरसाइकल डुब्ने स्थितिमा थियो, डुङ्गा खियाउँदै थियो, किन?
    क. बैमौसममा सडक फराकिलो पार्‍यो र समयमै सम्याइएन वा काम पूरा गरेन। 
    ख. भएका ढलहरू सफा गरेनन् – कसले? नगरपालिकाले।
    ग. अनियमित घरहरू किन बने? नगरपालिकाका इन्स्पेक्टर र जाँचकीहरूको बेवास्ता, लापरबाही र समयमै कारबाही नगर्ने हिजोका मेयरहरू र आजसम्मका सबै कार्यकारी अधिकृतहरू !
    घ. सरकार जिम्मेवार, किन? समयमै यसबारे कुनै प्रधानमन्त्रीको सरकारले चासो लिएन। यसमा काङ्ग्रेस, एमालेका तीनै प्रधानमन्त्री, एमाओवादीका दुवै प्रधानमन्त्री, मधेसवादीका उपप्रधानमन्त्रीहरू र मन्त्रीहरू सबै जिम्मेवार छन्।     १६ असारको दिन अन्नपूर्ण पोष्टले लेख्यो – 'काठमाडौंमा पानी हाहाकार।' खोइ काठमाडौं उपत्यका खानेपानी लिमिटेड? काम गर्दैन भने त्यसलाई भङ्ग किन नगर्ने ?

तटस्थ न्यायपालिका?
सबै आ–आफ्नो मर्यादाभित्र रहौं !
समयमै आवश्यक छानबिन गरौं !
समयमै सोचौं
गणतन्त्र–समाजवादी वा पूँजीवादी?
'दल–बदल' को संस्कृति
उपत्यकालाई गाविसविहीन बनाउने वा देशलाई उडाउने तयारी?
सङ्घीयताको कारक–पक्षपात
२०६९ को बिदाइ !



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी