सम्पादकीय

नेपाल र संसारका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबारे

'प्रजातन्त्र र मानव अधिकारलाई समर्थन गर्ने' नाउँमा संयुक्त राज्य अमेरिकाले युगोस्लाभियाका राष्ट्रपति स्लोबोदान मिलोसेभिकलाई हटाउन कस्तो फोहर खेल (युद्ध) खेल्यो भन्नेबारे सुरूमा सबैलाई थाहा थिएन। थाहा नभएको गुप्त कथालाई सीनकेली (क्भबलपभििथ) ले युगोस्लावियालाई संरा अमेरिकी साम्राज्यवादले कसरी ध्वस्त गर्‍यो' ९ज्यध ग्क् क्ष््कउभचष्बष्कि्क क्गायचभतभम थ्यगनयकबिखष्ब० भन्ने लेखमा सारा षड्यन्त्र उदाङ्ग्याए। बेलायती 'नयाँ मजदुर' ९त्जभ ल्भध ध्यचपभच० मा १ जून  २००१ मा प्रकाशित सो लेखले सबैलाई झस्काएको थियो। 
    सन् १९९९ मा ७८ दिनसम्म नाटो ९ल्ब्त्इ० ले बमवर्षा गर्दा पनि युगोस्लावियाली जनताले आफ्नो अर्थतन्त्र पूर्णरूपमा ध्वस्त हुँदा पनि आफ्नो राष्ट्रिय एकता कायम राखेका थिए। त्यसको १५ महिनापछि एउटा 'स्वतन्त्र मजदुर सङ्घ' को नाममा मिलोसेभिकविरोधी प्रदर्शनहरू भए, लेखहरूले लेखिए, संयुक्त विरोध र हड्तालहरूको षड्यन्त्र गरियो। २० सेप्टेम्बर सन् २००० को न्यूयोर्क टाइम्सका पत्रकार स्टेफेन इर्लाङ्गर ९क्तभउजभल भ्चबिनलभच० ले 'युगोस्लाभिया र हङ्गेरी अथवा सर्विया र मोन्टेनेग्रोका सिमानाहरूमा पैसाले भरिएका सुटकेशहरू ओसारपसार हुने जानकारी दिएका थिए।' भ्वाइस अफ अमेरिका ९ख्इब्० का व्यापारी उड्सले आफ्नो धारणा प्रकट गरे– 'सहयोगदाताहरू सर्विया छिर्न नपाउने हुनाले सर्वियाली गैरसरकारी संस्थाहरू ९ल्न्इक० को धेरैजसो बैठक हङ्गेरी, चेक गणतन्त्र र स्लोभाकियामा हुन्थे र त्यही बैठकहरू नै सर्वियाको प्रजातान्त्रिक क्रान्तिको आधार बन्यो।'
    ती ध्वंसात्मक कार्यहरूमा अमेरिकी रिपब्लिकन पार्टीबाट निर्वाचन कसरी गर्ने शिक्षा दिन्थ्यो। स्वतन्त्र युरोप रेडियो ९च्ाभ्० र रेडियो मुक्ति ९च्ी० ले युगोस्लाभियामा आफ्नो प्रसारण सुरू गर्‍यो। भ्वाइस अफ अमेरिकाजस्तै यी रेडियो पनि अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआइए) कै सृजना थियो। बेलग्रेडस्थित अमेरिका दुतावासले पूर्वी युरोपेली प्रजातन्त्रका लागि समर्थन ९क्भ्भ्म्० को कोषबाट १०० वटा सञ्चार सङ्गठनहरूलाई प्रतिसङ्गठन २४,००० डलर सहयोग गरिन्थ्यो। अमेरिकाले गैरसरकारी संस्थाहरूलाई, राजनैतिक पार्टीहरू, स्वतन्त्र समाचार माध्यम, युवा, प्रदर्शन र स्वतन्त्र मजदुर सङ्घलाई एक करोड ६५ लाख डलर खर्च गरेको स्वीकार्याे। 
    अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान ९क्ष्च्क्ष्० र राष्ट्रिय प्रजातान्त्रिक संस्थान ९ल्म्क्ष्० जस्ता अमेरिकी संस्था र 'राष्ट्र' ९त्जभ ल्बतष्यल० जस्ता अमेरिकी पत्रिकाले मिलोसेभिकविरोधी आन्दोलनमा 'उनको अन्त्य भयो' र 'यही सही समय हो' जस्ता नारामा अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान ९क्ष्च्क्ष्० ले युवा सङ्गठनहरूलाई प्रतिव्यक्ति १३० डलर र एउटा मोबाइल फोन दिएको थियो। अमेरिकाले कोसोभोमा सङ्कट ल्याउन 'उच्च तहको हवाई यात्राको सुविधा, वातानुकूलित कोठा र अन्य बन्दोबस्त गरेको यिथो। 'प्रतिरोध' ९इत्एइच्० भन्ने सङ्गठनले उत्तेजना फैलाउने पर्चाहरू, टी–शर्टहरू, १३० डलर र एउटा मोबाइल दिन्थ्यो। अमेरिकी सहयोग संस्था ९ग्क्ब्क्ष्म्० को सहप्राध्यापक डोनाल्ड एल प्रेस्लीले सन् २००० को लागि छुट्याएको २ करोड ५० लाख डलरमध्ये कयांै हजार टीशर्ट पर्चा र स्टिकरहरू इत्एइच् बाट बाँडिएको थियो। समाचारहरू, टीभी, रेडियोमा काम गर्ने व्यक्तिहरू सबै अमेरिकाबाट तालिमप्राप्त थिए। 
    नेपालमा पनि युगोस्लाभियामा अमेरिकी संस्थाहरूबाट अनेक गोष्ठी, तालिम र भ्रमणहरू गराइए, नेता, कार्यकर्ता र विद्यार्थी नेताहरूलाई सङ्गठन चलाउन, प्रचार गर्न र निर्वाचनमा भाग लिन वा उम्मेदवारहरू बनाउन आर्थिक सहयोगहरू पठाइए। 
ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
    जेम्स पेट्रास ९व्ब्कभक एभतचबक० समाज विज्ञानका एक चर्चित प्राध्यापक हुन्। न्युयोर्कको विन्धामटोनको राज्य विश्वविद्यालयका 'ल्याटिन अमेरिकामा नवउदारवाद र वर्ग सङ्घर्ष – १९९७' का सहलेखक हुन्। 'ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू' लेखलाई अमेरिकाको अनुसन्धानमूलक 'मासिक समीक्षा' ९ःयलतथि च्भखष्भध० को ७ नोभेम्बर १९९७ मै प्रकाशित गरिएको थियो। नेपालमा २०६४ साउनतिरै ३०,००० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू थिए। ती संस्थाहरूले १२ देखि १४ अर्ब रूपैयाँ विदेशबाट पाइरहेका थिए। ती दिनहरूमा एक भेलामा ६८ वटा गैरसरकारी संस्थाहरूले २० अर्ब विकास र अन्य ५ अर्ब ४० करोड रूपैयाँ खर्च गरेको बताइयो। त्यस्ता सहयोगहरूले बोलिभिया, चिली, ब्राजिल, एलसाल्भाडोर आदि ल्याटिन अमेरिकी देशहरूमा अमेरिकी साम्राज्यवादविरोधी भावना नघटेको प्रस्ट छ। रूसी महासङ्घमा पनि ३ लाख अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू भए। आज रूस र छुट्टिएर गएका राज्यहरूमा नाटो ९ल्ब्त्इ० विरोधी भावना बढ्दै छ।

सहकारी संस्थाबारे केही भ्रमहरू
सार्क, सामन्ती चरित्र र विषयान्तर
नाटो, सार्क र ओबामाको धम्की
नाटो, सार्क र ओबामाको धम्की
नेपाली जनता सचेत होऔं !
नेपाली जनता सचेत होऔं !
संवाद वा भ्यागुतोको धार्नी पुर्‍याउने?
नक्कली राहदानीको पक्षमा बोल्ने मानिसहरू को हुन्?
अराजकतावादी को हो?



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी