सम्पादकीय

देशको सुरक्षा नाचगान होइन

हरेक सार्वभौम देशका जनता र संस्थाहरू आफ्नो देशको सुरक्षा मामिलामा सचेत हुने गर्छन्। सार्वभौमिकता पुस्तकमा लेखेर जोगिने होइन बरू व्यवहारमा त्यसलाई बल वा सेनाले जोगाएको हुन्छ। जुन जुन देशको सुरक्षा व्यवस्था गुप्त रहँदैन अर्थात् सेनाको सङ्ख्या, हातहतियारको सङ्ख्या र गुणस्तर, त्यसको आपूर्ति–रसद–पानी उपचार–लत्ता–कपडा, जवानहरूको तालिम, तालिम दिने अफिसरहरू, तिनीहरूको प्रेरक पक्ष, उद्देश्य, देशभक्ति, शत्रु र मित्र आदिबारे गुप्तता राखिएन भने वर्तमान र भविष्यमा शत्रुबाट सजिलै देशलाई पराजित गर्नेछ वा यस्तो खुकुलो देश विदेशको कठपुतली हुनेछ। 

यसकारण हरेक सार्वभौम देशले आ–आफ्नो देशको हातहतियारको बन्दोबस्त, रसद–पानी, जुत्ता–पेटी र लुगाफाटाजस्ता हेर्दा सामान्य लाग्ने तर अरूले देशको सैन्य शक्तिको अनुमान गर्ने बारूदखाना, हातहतियारका कारखाना, त्यसका जवान अफिसरहरू, जुत्तादेखि लुगाफाटा आपूर्तिसँग सम्बन्धित सबै कल–कारखाना गुप्त राख्ने गर्छन्। यदि सरकारमा पुगेका नेताहरूले जानेर वा नजानेर सुरक्षासँग सम्बन्धित सार्वजनिक उद्योग वा कलकारखाना निजीकरण गर्ने नीति लिएमा ती जिम्मेवार व्यक्तिहरू देशद्रोही सावित हुनेछन्। सोभियत सङ्घमा सैद्धान्तिकरूपले शत्रुलाई अथवा साम्राज्यवादी संरा अमेरिका र युरोपेली नाटोका सदस्य देशहरूको हित खोजेको हुँदा खु्रश्चेभ र उसको गुटलाई विश्वासघातीहरूको रूपमा लिइन्छ भने सार्वजनिक उद्योगधन्दालाई निजीकरण गर्नमा अगुवाइ गर्ने गोर्भाचोभलाई देशघाती मानिन्छ।  

यसकारण नेपालका अनेक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत देशको सुरक्षा मामलालाई पारदर्शिताको नाममा सबै गुप्तता खोल्ने काम तारे होटल (नयाँ पत्रिका – ४ जेठ २०७१) वा तारे होटलमा कार्यक्रम गरेर स्थितिलाई विदेशीहरूसँग पुर्‍याउने उद्देश्य राख्छन् भने ती व्यक्ति र संस्थाहरू शङ्काको घेरामा पर्नु स्वाभाविक छ। बारूदी सुरूङ हटाउने होस् वा भइरहेको व्यारेक र हातहतियारको विवरण विदेशीहरूलाई दिने नागरिक होस् ! मन्त्री र कर्मचारी सबैसँग यसबारे गम्भीर छलफल गर्नुपर्छ र कारबाही चाल्नु पर्दछ। हरेक नागरिकले आफ्नो देशप्रति भक्ति देखाउनु कर्तव्यभित्र पर्दछ। यदि कुनै नेपाली नागरिकले संरा अमेरिकी नागरिकता प्राप्त गर्‍यो भने उसले अमेरिकाको हितमा काम गर्‍यो भने, उसले आफूलाई नेपालप्रति घात गरेको मान्ने छैन। यसकारण अमेरिकी नागरिकताको लागि दर्खास्त राख्ने वा डीभी पाएका सरकारी कर्मचारीहरूलाई तत्काल पक्राउ गरी, नोकरीबाट बर्खास्त गर्नु आवश्यक छ र सजाय गर्नुपर्छ अथवा सम्बन्धित देशमा पठाउनुपर्छ। भनिन्छ –आफूलाई चिन, शत्रुलाई चिन– लडाइँ जित्छ। सिंहदरबारमा काम गर्ने महत्त्वपूर्ण कर्मचारीहरू लोभलालचमा परी विदेशप्रति भक्ति देखाउँछन् भने तिनीहरू असल नागरिक होइनन् र नेपालप्रति आस्थावान छैनन् भनी बुझ्नैपर्छ। 

तराईलाई भारतमा गाभ्ने नयाँ योजना उदाङ्गियो  

२६ अप्रिल १९७५ मा सिक्किमलाई भारतमा गाभेपछि प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको तराईलाई टुक्र्याएर भारतमा गाभ्ने योजना बनाएकी थिइन्। 'र' प्रमुख आर एन काओको अपरेसन टीममा सिक्किम विलय गराउने गुप्तचर अधिकारीले खुलासा गरे। (नयाँ पत्रिका, ५ जेठ २०७१) 

राजतन्त्रमा दरबार तथा प्रजातन्त्र र गणतन्त्रमा शासक दल र प्रमुख प्रतिपक्षी दलहरू, गुप्तचर विभाग, प्रहरी प्रशासन, सेना, सिंहदरबारदेखि जिल्ला तहसम्म विदेशीलाई सूचना पठाउने सूत्रहरू हात नलागेसम्म विदेशी आक्रमणले कुनै पनि देशलाई सजिलै कब्जा गर्न वा प्रभावमा पार्नसक्दैन।  

दोस्रो विश्व युद्धको सिलसिलामा पश्चिमी देशका गुप्तचरहरूमार्फत जर्मनी र रूसको बीचमा वैमनस्य फैलाउने र एकले अर्कोमाथि हमला गराउन खोजेको थियो भने पछि बेलायत र संरा अमेरिका पनि सोभियत सङ्घसँग मिलेरमात्रै फासीवादमाथि पराजीत गर्‍यो। त्यसमा सोभियत सङ्घ र स्तालिनको अत्यन्त ठूलो योगदान र बलिदान थियो।   

तर पश्चिमी देशहरू पुनः रूसभित्रै र समाजवादी देशहरूमाझ झगडा लगाउन लागिपरे तथा भारत र चीनको बीचमा पनि युद्धको बीउ छरेकै थियो। दूरदर्शी नेताहरूको अभावमा देश र जनताले दुःख पाउनु, खानेपानीसमेत नपाउनु, रोजगारी नपाउनु तथा दण्डहीनता चम्किनु, नेताहरू आफै अपराधी र भ्रष्टाचारीलाई बोकेर हिँड्दा देश भड्खालोमा पुग्नु स्वाभाविक छ। स्वास्थ्य मन्त्रालयका भ्रष्ट कर्मचारीहरूलाई स्वास्थ्यमन्त्रीको संरक्षण पाउनु (नेपाल समाचारपत्र, ५ जेठ २०७१) र नेपाल आयल निगमका माथिल्ला कर्मचारी आफै 'मासिक डेढ अर्बको तेल चोरी' गर्नु (गोरखापत्र, ५ जेठ २०७१) आदिले देश र जनतालाई धुजाधुजा पार्ने व्यक्तिहरू उदाङ्गिदै जानेछन्। राजनैतिक लुगाभित्रका हत्या, हिंसा, अपहरण र अन्य आर्थिक अपराधीहरू भारत र नेपाल दुवैतर्फबाट उदाङ्गिदै जानेछन् र सच्चाइ बाहिर आउनेछ। 

हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ !
दिवसहरू मनाउँदाका शिक्षा
के गणतन्त्रमा खानेपानी पाइन्न?
आशीर्वाद जनताको लिने हो
२०७० साललाई बिदा !
एउटा कार्यक्रम–दुई भिन्न दृष्टिकोण
देशको अर्थतन्त्र ध्वस्त पार्ने को?
सरकारको आयु कति महिना?
नेका र एमाले सरकारको उपहार महँगी?



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी