स्वास्थ्य जानकारी

आङ खस्ने समस्यासम्बन्धी सम्मेलन

चितवन (रत्ननगर)। महिलामा देखिएको बढ्दो आङ खस्ने समस्या न्यूनीकरणका लागि देशभरका स्त्रीरोग विशेषज्ञहरूको सम्मेलन शनिबार सम्पन्न भएको छ।  

चितवनको क्यान्सर अस्पताल र सौराहामा एकै साथ सुरु भएको सम्मेलनको निष्कर्षले स्त्रीरोगको विषयमा नीति निर्माण तहमा सहयोग पुर्‍याउने विश्वास चिकित्सकहरूले लिएका छन्। शुक्रबार बिहान १० बजेबाट सुरु भएको सम्मेलनमा भारत र श्रीलङ्काका चिकित्सकको पनि सहभागिता रहेको छ। 

खानेपानी निजीकरणविरुद्ध कर्मचारी आन्दोलित 

विराटनगर। नेपाल खानेपानी संस्थानलाई निजीकरण गर्ने निर्णयविरुद्ध संस्थानका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन्। 

आन्दोलनका कारण कार्यालयको दैनिक काम कारबाही प्रभावित भएको छ। बुधबारदेखि सुरु गरिएको आन्दोलनले शुक्रबार तेस्रो दिनसम्म पनि बिहान १० देखि १ बजेसम्म कलम बन्द गरी काम अवरुद्ध गरिएको थियो।  

खानेपानी संस्थान कर्मचारी युनियन संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको रुपमा शुक्रबार तीनघण्टा कलम बन्द गरी आन्दोलन गरेको थियो।  

खानेपानी संस्थानलाई निजीकरण गर्दा वर्षौंदेखि काम गरिरहेका कर्मचारीहरूको सेवा सुविधामा कटौती हुने भएकोले निजीकरण गर्नु उचित नहुने कर्मचारी युनियनले ठहर गरेको छ ।

बाँकि स्वास्थ्य जानकारी


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी