उपभोक्ता आवाज

गुणस्तरहीन रेगुलेटरले उपभोक्ता ठगिए

वीरगञ्ज। स्थानीय बजारमा खपत भइरहेको ग्यासका रेगुलेटरको ठूलो परिमाण भारतबाट अवैधरुपमा आयात हुने गरेको छ।  

अवैधरुपमा आयात हुने गरेका त्यस्ता रेगुलेटर गुणस्तरहीन भएका कारण आम उपभोक्ता ठगिने गरेका छन्। 

अवैधरुपमा ल्याइएको यस्ता रेगुलेटरले मध्य तराईका बारा, पर्सा र रौतहटमा व्यापक बजार पाएको छ। यहाँका अधिकांश पसलमा ग्यासका नक्कली रेगुलेटर छ्यापछ्याप्ती बिक्री हुँदै आएको छ। ग्यास रेगुलेटर बिक्री गर्ने एक व्यवसायीले भने– तिनै रेगुलेटरलाई गुणस्तरीय भन्दै व्यापारीले आफूखुसी महङ्गोमा बेच्दै आएका छन्।  

व्यवसायीहरूका अनुसार, त्यस्ता नक्कली रेगुलेटरले सक्कली रेगुलेटरलाई विस्थापित गरेको छ। 

सक्कलीजस्तै हुबहु देखिने नक्कली रेगुलेटर सस्तोमा पाइने भएकाले त्यो नै बढी बिक्री हुने गरेको छ। भन्सारबाट आयात गर्दा झन्झटिलो र कम नाफा हुने भएकाले व्यापारीहरू वैधानिक प्रक्रियाभन्दा पनि अवैध तरिकाबाट यस्ता नक्कली रेगुलेटर भित्र्याउने गर्छन्।  

कम लगानीमा बढी फाइदा हुने भएकाले यस्ता वस्तुको चोरी पैठारीले प्राथमिकता पाएको दाबी रेगुलेटर व्यवसायीको छ।  

सक्कली र गुणस्तर चिन्ह प्राप्त रेगुलेटरमा आइएस ९७९८ नम्बर उल्लेख भएको हुन्छ तर नक्कलीमा यस्तो नम्बर उल्लेख गरिएको हुँदैन। 

भारतीय रेगुलेटरको अवैध आयातले गर्दा सक्कली स्वदेशी रेगुलेटरमात्र होइन, वैधरुपमा नेपाल भित्रिने भारतीय कम्पनीका विभिन्न सक्कली रेगुलेटरको व्यापार पनि सङ्कटमा परेको छ। 

भारतीय नक्कली रेगुलेटरको अवैध आयातका कारण अघिल्लो आर्थिक वर्ष (२०६६/०६७) को तुलनामा गत वर्ष वैधरुपमा भित्रिएको विभिन्न भारतीय कम्पनीको सक्कली रेगुलेटरको व्यापारमा ५० देखि ६० प्रतिशतसम्म कमी आएको छ। 

नक्कली रेगुलेटरको व्यापक चोरी, तस्करी र बिक्री भए पनि सम्बन्धित निकायले उपभोक्ताको हकहितलाई ध्यानमा राखेर यसको बजार अनुगमन हालसम्म गर्नसकेको छैन। 

मध्य तराईका बारा, पर्सा र रौतहटका विभिन्न नाका हुँदै अहिले दैनिक झण्डै रु. १५ लाख मूल्य बराबरको अवैधरुपमा नक्कली रेगुलेटर नेपाल भित्रिने गरेको सम्बन्धित व्यवसायी  

बताउँछन्।  

बाँकि उपभोक्ता आवाज


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी