उपभोक्ता आवाज
|
चैतमा ४१ हजार नेपालीले रोजगारीका लागि मुलुक छाडे काठमाडौं। चैत महिनामा वैदेशिक रोजगारीका लागि ४१ हजार ६ सय ४० जना नेपालीले मुलुक छाडेका छन्। वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा २५ हजार २ सय २६ नेपालीहरू पहिलोपटक वैदेशिक रोजगारीमा गएका छन् भने १६ हजार ४ सय १४ जना घर बिदामा आएर फर्किएका छन्। यो अवधिमा विदेशमा कार्यरत ३ हजार ७ सय २ जना नेपाली कामदारले काम गरिरहेकै मुलुकमा वैधानिकता पाएका छन्। विभागका अनुसार यो महिनामा सबैभन्दा धेरै अर्थात् १३ हजार ५ सय ५९ नेपाली रोजगारीका लागि मलेसिया गएका छन्। मलेसिया गत एक वर्षदेखि लगातार नेपाली कामदारको पहिलो गन्तव्य बन्दै आएको छ। यसैगरी कतारमा ९ हजार २ सय २५, साउदी अरबमा ७ हजार २ सय २०, संयुक्त अरब इमरेट्समा ४ हजार ८ सय ४९, कुवेतमा १ हजार ४ सय १८ जना गएका छन्। चैत महिनामा विदेशिनेमध्ये ३ हजार ८ सय ३० जना महिला रहेका छन्। त्यसमधये कुवेतमा सबैभन्दा बढी ७ सय ३७ जना, मलेसियामा ६ सय ७४ जना, कतारमा ८४ जना र साउदी अरेबियामा ५३ जना महिला कामदार पुगेका छन्। यही अवधिमा बहराइनमा ३ सय ९१, ओमानमा २ सय ८५, जापानमा ८५ र जोर्डनमा ५६ जना नेपाली कामदार गएका छन्। कोरियामा १७ जना महिलासहित ५ सय ४८ जना नेपाली कामदार गएका छन्।
बाँकि उपभोक्ता आवाज
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|