उपभोक्ता आवाज

म्याद गुजि्रन लागेको औषधि फेला

तनहुँ। जिल्ला स्वास्थ्य कार्यालय तनहुँको स्टोरमा म्याद गुज्रन लागेको झण्डै ७ लाख ट्याबलेट औषधि भेटिएको छ। सरकारले स्वास्थ्य संस्थामार्फत् निःशुल्क वितरणका लागि पठाएको भिटामिन बी कम्प्लेक्स, एमोक्सिलिन, जिङ चक्की म्याद गुज्रने अवस्थामा स्वास्थ्यको स्टोरमै भेटिएका हुन्। 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको गोदाममा मार्चमा म्याद सकिने ५ लाख ८१ हजार ट्याबलेट बिकोष्टल नामक औषधि छ। चैत र वैशाखमा म्याद गुज्रने नेमोक्स औषधि ६९ हजार ट्याबलेट स्टक रहेको बताइन्छ। वैशाखमा म्याद सकिने ३५ हजार ५ सय ट्याबलेट जिङ चक्की र एक हजार एक सय बोटल मेट १११ नामक औषधि अझै स्टोरमै छन्। म्याद गुज्रन लागेका सबै औषधि पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर बुटवल र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको बताइएको छ। पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले सोही औषधि २१६८ पुस ११ मा समेत १ लाख ट्याबलेट पठाएको छ। औषधिको समयावधि मार्चसम्म रहेको छ ।

बाँकि उपभोक्ता आवाज


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी