उपभोक्ता आवाज

कर्णाली अञ्चलमा समयमा पाठ्यपुस्तक नपुग्ने

नेपालगन्ज। मध्य पश्चिमाञ्चलको हिमाली अञ्चल कर्णालीमा यसवर्ष पनि शैक्षिकसत्रको प्रारम्भमा पाठ्यपुस्तक नपुग्ने भएको छ।
    सो अञ्चलको पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका लागि पठाउने पाठ्यपुस्तक गत मङ्सिरमा नेपालगन्ज ल्याइए पनि जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनबीच समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक नपाउने भएको हो।
    मन्त्रिपरिषद्को बैठकले साझा प्रकाशनले जनक शिक्षालाई तिर्नुपर्ने रु.१३ करोड भुक्तान गर्ने र त्यसमध्ये रु.चार करोड १५ दिनभित्र दिने निर्णय गरेपछि दुई निकायबीच समन्वयअघि बढे पनि पाठ्यपुस्तक निकासीमा ढिलाइ भइसकेको साझा प्रकाशनका क्षेत्रीय प्रमुख दीपक अधिकारी बताउँछन्।
    फागुन महिनादेखि सुरु हुने हिमाली जिल्लाका विद्यालयको शैक्षिकसत्रका लागि अब केही साता मात्र बाँकी रहेपनि दुई निकायबीचको विगतको आर्थिक लेनदेनको विवाद ढिलो गरी मिले पनि ती जिल्लामा पाठ्यपुस्तक पुर्‍याउन अझै कम्तीमा एकमहिना लाग्ने भएको छ।
    साझा प्रकाशन, नेपालगन्जका प्रमुख अधिकारीले कर्णाली अञ्चलको पाँच जिल्लामध्ये कालीकोटमा पुस्तक पठाउन सुरु गरिएको बताउनुभयो। 
 
 

बाँकि उपभोक्ता आवाज


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी