उपभोक्ता आवाज
|
ख्वप विश्वविद्यालयबारे अन्तरक्रिया भक्तपुर। ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धमा महेन्द्र निमाविको सभाहल कटुञ्जेमा शनिबार अन्तरक्रिया भयो। अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका निर्वाचित मेयर एवं भनपाद्वारा सञ्चालित कलेजहरूका सञ्चालक समितिका अध्यक्ष प्रेम सुवालले ख्वप विश्वविद्यालय सञ्चालनबारे हालसम्म भइरहेको प्रगतिबारे जानकारी दिंदै सम्बन्धित निकायले ख्वप विश्वविद्यालय स्वीकृति दिन ढिलाइ गरिरहेको बताउनुभयो। उहाँले ख्वप विश्वविद्यालय स्थापनाका लागि भक्तपुर नगरपालिकाले अगुवाइमात्र गर्ने र विश्वविद्यालय विकासको लागि भक्तपुरवासी नै अघि सर्नुपर्ने बताउनुभयो। समाजलाई बुद्धिजीवीकरण गर्न सस्तो शुल्कमा उच्च शिक्षा दिनुपर्नेमा जोड दिंदै उहाँले सरकारी ओहडामा बसेर आफ्नो निजी कलेजहरू सुक्ने डरले ख्वप विश्वविद्यालय स्वीकृतिमा ढिलाइ गरिरहेको विचार व्यक्त गर्नुभयो। ख्वप विश्वविद्यालय स्थापना र सञ्चालनमा सम्पूर्ण न्यायप्रेमी तथा शिक्षाप्रेमी जनताको सहयोग र साथ आवश्यक भएको चर्चा गर्नुभयो। उहाँले ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुर नगरपालिका वडा नं. १७ स्थित सल्लाघारीको जग्गा भनपालाई हस्तान्तरण गर्न सरकारले अलमलाइरहेको बताउनुभयो। ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप विश्वविद्यालय स्थापना र सञ्चालनमा छेकबार लगाउनु न्यायोचित होइन भन्नुभयो। कार्यक्रममा डा. संगम खाइजू, महेश गुमाञ्जू, वासुदेव खत्री, रामगोपाल भूजू, राजेन्द्र बखुन्छें र सुरेश बखुन्छेंले पनि बोल्नुभएको थियो।
बाँकि उपभोक्ता आवाज
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|