विविध समाचार

सुर्खेतमा अन्तरक्रिया


    सुर्खेत, २ असार। नेमकिपा वडा नं. ४ वीरेन्द्रनगरद्वारा आयोजित वैदेशिक हस्तक्षेपविरूद्ध जनचेतना अभियान विषयक अन्तरक्रिया कार्यक्रम भैरवस्थान उमाविमा आइतबार सम्पन्न भयो। 
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष मणिराम तिवारी, नेक्राकिसङ्घका संयोजक रत्नराम गिरी, पर्व कार्की, नेक्राविसङ्घका केन्द्रीय सदस्य कुमारविक्रम शाही, नेक्राशिसङ्घका उपाध्यक्ष जेपी नेपाल नेक्रामजदुर सङ्घका भीमबहादुर शाही, कर्मचारी समाजका अङ्गबहादुर शाहीले वैदेशिक हस्तक्षेपबारे आ–आफ्ना भनाइहरू राख्नुभएको थियो। आयोजक समितिका संयोजक गोविन्द योगीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य गणेश खड्का र कोषाध्यक्ष निर्मला शाहीले पनि बोल्नुभएको थियो। 
    यसैगरी नेमकिपा वीरेन्द्रनगर वडा नं. १ एकाइ समितिको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम भयो। कार्यक्रममा नेमकिपा जिल्ला समिति सुर्खेतका अध्यक्ष मणिराम तिवारी, नेमकिपा सुर्खेतका सचिव धमेन्द्र विक,   नेक्राकिसङ्घ सुर्खेतका अध्यक्ष रत्नराम गिरी, नेमकिपा सुर्खेतका सदस्य गणेश खड्का, भीमबहादुर शाही, वीरेन्द्रबहादुर शाही, गोमादेवी शाही र देवीराम तिमिल्सेनाले पनि बोल्नुभएको थियो। कार्यक्रम सूर्यबहादुर शाहीको अध्यक्षतामा भएको थियो।
 
 
 

बाँकि विविध समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी