विविध समाचार

राजमार्ग प्रभावित जनताद्वारा ज्ञापन


    चौतारा। अरनिको राजमार्ग प्रभावित सरोकार समूह सिन्धुपाल्चोकले हालै जनप्रदर्शन गरी सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापनपत्र बुझायो। 
    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डिलीराज पोख्रेलले पीडितहरूको समस्याको बारेमा छलफल गरी निकास दिने वचन दिनुभयो। अरनिको राजमार्ग सरोकार समुहका संयोजक सुरेश नेपालको नेतृत्वमा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। सरोकार समूहका सचिव अर्थलाल श्रेष्ठले ज्ञापनपत्र वाचन गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुभयो। सोही क्रममा संयोजक नेपालले घर, टहरा भत्काउन आदेश दिंदा जनता आतङि्कत भएको बताउनुभयो।
    नेमकिपा सिन्धुपाल्चोकका गेहेन्द्रबहादुर श्रेष्ठले जनताको सम्पति अधिकरण गर्दा मुआब्जा दिर्नुपर्छ भन्नुभयो। नेकांका हरिशरण श्रेष्ठ, शम्भु सापकोटा, काभ्रेपलाञ्चोकका प्रतिनिधिलगायतले बोल्नुभएको थियो।
 
 
 

बाँकि विविध समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी