विविध समाचार

शासक दलहरू देश सञ्चालनमा असफल


    वीरगञ्ज। देशमा बढदो वैदेशिक हस्तक्षेपविरुद्ध नेपाल मजदुर किसान पार्टीले देशव्यापी रुपमा जनचेतना अभियानमार्फत् नेपाली जनतालाई समाजवादको विषयमा प्रशिक्षित पारिरहेको विचार नेपाल मजदुर किसान पार्टीका सचिव सुनिल प्रजापतिले बुधबार वीरगञ्जस्थित रेडियो वीरगञ्जको विशेष कार्यक्रममा उपेन्द्र डोटेलसँगको कुराकानीमा विचार राख्नुभयो।
    चार ठूला दलहरू संसद र संविधानसभा नभएको स्थितिमा संविधान संशोधन गर्न खोज्नु चारदलीय तानाशाही लाद्न खोजिएको उहाँले स्पष्ट पार्नुभयो। ठूला दलहरू देश सञ्चालनमा असफल भइसकेकोले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ उहाँले भन्नुभयो।
    उहाँले भन्नुभयो, एमाओवादीले जनयुद्धको समयमा भारतसँग भएका जति पनि असमान सन्धि सम्झौताहरू पुनरावलोकन गर्ने कुरा नेपाली जनताबीच आश्वासन बाँडेका थिए, तर एमाओवादी सरकारमा गएर ती सन्धि सम्झौताको विषयमा कुरा उठाउनुको सट्टा माथिल्लो कर्णाली, बिप्पा सम्झौता, विमानस्थलको टेण्डर भारतलाई दिनु एमाओवादी भारतीय विस्तारवादको गोटी सावित भएको प्रस्ट पार्नुभयो। 
    प्रजातन्त्र भनेको विचारको प्रतिस्पर्धा हो। तर ठूला चार दलका नेताहरूले थ्रेसहोल्डको बखेडा गरेर नयाा विचारलाई निषेध गर्न खोजेका छन् –उहाँले भन्नुभयो। 
    तराईका अधिकांश जनताको समस्या भूमिको समस्या भएकोले क्रान्तिकारी भूमिसुधारले मात्र किसान जनताको समस्या समाधान हुने विचार उहाँले राख्नुभयो। वर्गसङ्घर्षले मात्र कामदार तथा शोषित पीडित जनतालाई शासन सत्तामा पुर्याउने भएकोले नेमकिपाले समाजवादी गणतन्त्रको विषयमा नेपाली जनतालाई सचेत पारिरहेको विचार उहाँले राख्नुभयो।
 
 
 
 

बाँकि विविध समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी